मध्यपुर्व सम्मेलन सफल बनाउन एनआरएन यूएई अध्यक्ष श्रेष्ठ सक्रिय

लन्डन । एनआरएनले क्षेत्रीयस्तरमा विभिन्न भेला गरिरहेको छ । यसअघि अमेरिकाज् र यूरोप क्षेत्रको सम्मेलन सम्पन्न भइसकेको छ । त्यस्तै मध्य पूर्वको सम्मेलन भने नजिकिंदै गएको छ । जुन सम्मेलन सफल बनाउन आयोजक आयोजक मुलुक एनआरएन यूएई निकै लागिपरेको छ ।

गैर आवासीय नेपाली संघको मध्य पूर्व सम्मेलनको तयारीमा यूएई एनसिसी सक्रियतापूर्वक लागिपरेको हो। यूएईमा हुन लागेको सम्मेलनलाई सब्य र भब्य तवरणले सम्पन्न गर्न पूरै टिम सक्रियतापूर्वक लागिरहेको एनआरएन युएई अध्यक्ष रमेश श्रेष्ठले जानकारी गराए ।

सम्मेलन युएईको व्यापारिक शहर दुबईमा यहि अगस्त २३, २४ र २५ तारिकमा हुँदैछ । दुबईस्थित ग्राण्ड एक्सिलर होटलमा हुने सम्मेलनको लागि बिभिन्न उपसमिति गठन गरिएको छ । गैर आवासीय नेपाली संघ युएईले उक्त सम्मेलन भब्य रुपमा सम्पन्न गराउन आबस्यक सम्पूर्ण जिम्मेवारी आगाडी बढाएको जनाएको छ ।

एनआरएनए युएईले आफ्ना पदाधिकारीहरुलाई कार्य बाँडफाँड गर्दै विभिन्न उप(समिति निर्माण गरेको हो । जसका लागि मध्य पुर्व उपसंयोजक गोपाल कंडेल, एनआरएनए युएई अध्यक्ष रमेश श्रेष्ठ र सम्पूर्ण पदाधिकारीहरुको सक्रियता बढी नै देखिएको छ ।