को-को क्रिकेट खेलाडी लन्डन आउँदैछन् ?

Nepali_Cricket_Teamलन्डन- अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले तोकेको छनौट समितिले बेलायत भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ । पारस खड्काको कप्तानीमा घोषित १५ सदस्यीय टोलीमा विक्रम सोवले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

नेपाली टोलीले आगामी साउन ४ गते बेलायतमा मेरिलोन क्रिकेट क्लब एमसीसीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीले अन्य स्थानीय टोलीसँग समेत मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नेछ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डसँगको खेलको तयारीमा रहेको नेपाली क्रिकेट टोली आगामी २७ गते बेलायत आउने कार्यक्रम छ ।

घोषित टोलीमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी छन् । यस्तै करण केसी, सन्दिप लामिछाने, राजु रिजाल र राजेश पुलामी मगर पनि छन् ।