शिव भण्डारी
लण्डन। आगामी अगष्ट ५ तारिख आइतबार हुन लागेको गुल्मेली भेलामा सहभागी हुन लोकदोहोरी गायक बैकुण्ठ महत र गायिका सुशिला गौतम बेलायत आइपुगेका छन् ।
आइतबार अल्डरसटको कनर्ट स्कुलमा आयोजना हुने कार्यक्रमका लागि कलाकारद्धय महत र गौतम विहिबार सांझ लण्डन उत्रिएका हुन् ।
कलाकारहरुको स्वागतका लागि समाजका अध्यक्ष राम गलामी, उपाध्यक्षहरु फडिन्द्र भट्टराई र टोप पल्ली, महासचिव शिव भण्डारी, सचिव बीर बलाल,पत्रकार धुर्बराज अर्याल,सहकोषाध्यक्ष राम सापकोटा, सांस्कृतिक सचिव मुना सापकोटा, सल्लाहकार गोकर्ण बस्नेत, ओम बुढाथोकी, माया केसी , ज्ञान छन्त्याल,प्रकाश कंडेल लगायतले विमानस्थलमै कलाकारलाई न्यानो स्वागत गरेका थिए ।
पछिल्लो डेढ दशकदेखि नेपाली लोकसंगीतको क्षेत्रमा सक्रिय गायक महतका ’मान्छेको जिन्दगानी’, ’दुई कुराले ठग्यो’, ’मादल’, ’हाम्रो नेपाल हामी नेपाली’, ’बटौली गाउंतिर’ लगायतका गीत चर्चित छन् । त्यस्तै, गायिका सुशिला गौतमका पनि ’माइतीको माया’, ’बसायो बामरी हरर’, ’गफ लायो सोल्टीले’, ’रातो भाले’, ’जवानीले ढुनुमुनु बनायो’ लगायतका गीतहरु दर्शक श्रोतामाझ लोकप्रिय छन् ।
कार्यक्रमका लागि पहिलोपटक लण्डन आइपुग्दै गरेकी गायिका सुशिला उत्साहित देखिन्थिन् । ‘निकै खुशी र उत्साहित छु पहिलोपटक कार्यक्रम गर्न बेलायत आउन पाएकोमा’, सुशिलाले सुनाइन्, ‘बेलायतमा बस्ने नेपाली दाजुभाई दिदीबहिनीहरुमाझ विशेष प्रस्तुति दिने तयारीसहित आएकी छु ।’ गायक बैकुण्ठ महत पनि बेलायतमा कार्यक्रम गर्न आएको यो पहिलोपटक हो । ‘हामी बेलायत आउंदै गर्दा खुशी त छौं नै, संवेदनशिल पनि छौं , बैकुण्ठले भने,
विमानस्थलमा उत्रिनेवित्तिकै पाएको न्यायो स्वागतबाट दंग कलाकारद्धयले अगस्ट ५ को आफ्नो कार्यक्रममा उपस्थित भइदिन बेलायतबासी सबै नेपालीहरुलाई आग्रह पनि गरेका छन् ।
कार्यक्रमको तयारी पूरा यता वार्षिक भेला कार्यक्रमका लागि तयारी लगभग पूरा भएको समाजले जनाएको छ । नेपालबाट आएका कलाकारहरुको अलावा प्रथम नौमति बाजा गुल्मी यूकेको विशेष प्रस्तुति रहने कार्यक्रममा स्थानीय कलाकारका विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि देखाइनेछ ।






