टाउ गुरुङ्ग,
लण्डन । गत मिति २४ जुलाइ २०१८ मंगलबारको दिन, लण्डन प्लमस्टेड स्थित गोरखा क्लब रेष्टुरेण्ट एण्ड बारमा विवेकशील साझा सद्भाव समुह युकेको प्रथम प्रत्यक्ष बैठक विभिन्न निर्णय गरि सम्पन्न भएको छ ।
युकेमा विवेकशील साझा सद्भाब समुह गठन भएदेखि प्रथम पटक भएको उक्त बैठकको शुरुवातमा विभिन्न नारा रहेको डिस्प्ले कार्ड प्रदर्शन गरि हालै मात्र सम्पन्न सत्याग्रही डा. गोविन्द केसीको अनसन र मागप्रति समर्थन तथा एक्येबद्धता जनाइयो । बैठकमा विवेकशील साझा सदभाव समुह युकेको संयोजक श्री एस के श्रेष्ठले विवेकशील साझा सदभाव समुह गठन भएदेखिको हालसम्मको गतिविधिहरुबारे प्रकाश पार्नुभएको थियो । साथै सदस्य श्री अरुण रत्न शाक्यले सद्भाव समुह युकेको छोटो आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुहुँदै २०७४ सालको चुनाबको लागि वा चुनाबको बेला विवेकशील साझा पार्टी युकेले पहिलो, दोस्रो, तेस्रो र चौथो चरण गरी जम्मा जम्मी ६,३७,५४१ रुपियाँ (अक्षरुपी छ लाख, सैतिस हजार पाँच सय एकचालिस रुपियाँ) पार्टीलाई आर्थिक सहयोग गरेको कुरा जानकारी गराउनुभयो ।
बैठकले विशेष गरेर “नोट चल्ने भए भोट किन नचल्ने ?” भनि विवेकशील साझा पार्टी नेपालले पनि अरु राजनीतिक पार्टीको जस्तै यसको
विदेश स्थित बैदेशिक सदभाव समुहहरुलाई भातृ संगठन बराबरकै मान्यता दिइ पार्टीको महाधिबेशनमा मताधिकार दिनुपर्ने कुरामा जोड दियो । बैठकमा उपस्थित सदस्यहरुले गैर आवसिया नेपालीहरुलाई बंशको आधरमा पुर्ण राजनीकि अधिकार सहितको नागरिकता नेपाल सरकारले दिनुपर्ने र यसको लागि केन्द्रको अधिकारिक धारणा र पहल गर्नुपर्ने कुरामा जोड दियो । साथसाथै बैठकमा युकेको सन्दर्भमा विवेकशील साझा पार्टी नेपालले भुपु गोरखाहरुको समस्यहरु र मागप्रति समर्थन अनि अधिकारिक धारणा आउनुपर्ने कुरा गरियो ।
बैठकले कार्य विभाजन तथा जिम्मेवारी बाँडफाँडको निम्ति विवेकशील साझा सद्भाव समुह युकेको प्रबक्तामा श्री ओमकार अधिकारी, संचार संयोजकमा श्री टाउ गुरुङ्ग, कोषाध्यक्षमा श्री अरुण रत्न शाक्य, राष्ट्रिय उप–संयोजकमा श्रीमती सजनी तामाङ्ग र युकेको विभिन्न स्थानहरुको एकाइ प्रमुखहरुमा श्री अरुण रत्न शाक्य, प्रमुख प्लमस्टेड तथा पुर्बी लण्डन,श्री इन्द्र घोतान प्रमुख बेजिङ्गस्टोक तथा हेम्पसायर, श्री ओमकार अधिकारी प्रमुख रिडीङ्ग तथा बर्कसायर, श्रीमती सजनी तामाङ्ग प्रमुख हाइ बार्नेट तथा उत्तरी लण्डन, श्री प्रेम ब. खत्री प्रमुख ब्रिस्टोल र श्री परशुराम सिग्देल पमुख डन्फरमलाइन, स्कटल्याण्डको लागि नियुक्ति गरेको (तोकेको) थियो ।
बैठकको सभापतित्व सदभाव समुह युकेको संयोजक श्री एस के श्रेष्ठले गर्नुभएको थियो भने बैठक संचालन सदस्य श्री सरुन गुरुङ्गले गर्नुभएको थियो ।






