काठमाडौं, २३ फाल्गुन । संविधान लेखनमा उत्पन्न गतिरोध अन्त्यको उपाय खोज्न सत्ता र विपक्षी दलबीच आज औपचारिक वार्ता हुने भएको छ । यसअघि हिजो पनि विभिन्न चरणमा छलफल भएको थियो । हिजो साँझ राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष सूर्यबहादुर थापाको मालीगाउँस्थित निवासमा शिर्ष नेताहरुबीच वार्ता भएको थियो ।
वैठकमा गतिरोध अन्त्यको विषयमा छलफल भएको हो । वार्तामा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, माधव नेपाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार लगायत सहभागी थिए । त्यसअघि हिजै विहान प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहालबीच भएको भेटमा आज विहान औपचारिक बार्ता थाल्ने सहमति भएको थियो ।
कोइराला र दाहालबीच यही फागुन २६ गतेसम्ममा संविधानका विवादित मुद्दामा सहमति जुटाउने विषयमा पनि कुरा भएको थियो । माघ ११ गते संविधानसभाले प्रस्ताव समिति गठन गरेपछि सत्तापक्ष र विपक्षीबीच संवादसमेत टुटेको थियो ।
सत्ता र विपक्षी दलहरुबीच वार्ता






