शिव भण्डारी ,
लन्डन । सोपांल समाज यूकेले शनिबार वार्षिक बीबीक्यू तथा भेटघाट कार्यक्रम गरेको छ । रेडिङको बर्गफिल्ड कम्युनिटी स्पोर्टस एसोसिएसन हलमा आयोजित उक्त कार्यक्रमबीच समाजले अन्तर्राष्ट्रिय सांगीतिक कार्यक्रम (किड्स अलाउड २०१९) को पन्चमुल स्कुलका बालबालिकाहरुको सहयोगार्थ जम्मा गरिएको रकम ८ हजार ५७ पाउण्डको चेक समेत हस्तान्तरण गरयो । समाजका अध्यक्ष युक्त गुरुङले प्रोजेक्ट लिडर एन्डी मोरिसन र डाइहेन्सलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
समाजका महासचिव भरत गुरुङले कार्यक्रम संचालन गर्नुका साथै हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिएका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथी भने पोखरा लेखनाथ महानगरपालिकाकी उपमेयर श्रीमति मन्जु गुरुङ रहेकी थिइन् । सम्वोधनका क्रममा उपमेयर गुरुङले जन्मभूमिबाट टाढा आएर पनि समाजले आफ्नो कला संस्कृति, धर्म, भाषा र रितिरिवाज जगेर्ना गर्ने कार्यमा क्रियाशिल रहेकामा खुशी व्यक्त गरिन् ।
बीबीक्यू, फुटबल, राफल ड्र, सम्मान तथा सांगीतिक प्रस्तुतिले भरिएको उक्त कार्यक्रममा सोंपाल समाज यूकेका उपाध्यक्ष श्रीप्रसाद गुरुङले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा आमा समूहले ओम माने पेम हो वाचन गर्दै दिवंगत परिवारप्रति एक मिनेद्ध मौन धारण गरि श्रद्धाञ्जलि अर्पण गरेको थियो ।
कार्यक्रममा पदोन्नति भएका, व्यवसाय सञ्चालन गरेका, सन्तान लाभ र घर खरिद गर्ने सदस्यहरु लगायतलाई बधाइसहित स्वागत तथा सम्मान गरियो ।
सोपांल समाज यूकेले विगत लामो वर्षदेखि बेलायतमा विभिन्न सामाजिक कार्यमा क्रियाशिल छ । यसै बीच समाजले स्यांजा जिल्लाको स्थानिय हेल्थ पोस्टमा गत वर्ष एउटा एम्बुलेन्स प्रधान गरेको थियो । स्वास्थ्य सेवालाई सहज बनाउने उक्त एम्बुलेन्स को व्यवस्थापन मिलाइदियकोमा हार्दिक आभार ब्यक्त गरेका थिए ।
कार्यक्रममा तमुधी लण्डन इकाईका पूर्व अध्यक्ष तथा समाजका निवर्तमान सल्लाहकार दीपक गुरुङ (डेबिड ) ,समाजका ट्रस्टीहरु लगायत २५० जना भन्दा बढि को उपस्थिति रहेको थियो ।
बेलायतमा रहेका विभिन्न सामाजिक कार्यक्रमहरुमा सक्रिय रुपमा उपस्थिति जनाउदै आएका डेविड गुरुंगले एस्ता कार्यक्रमहरुले समुदायलाई केहि हद सम्म भए पनि सुबिधा प्रधान गर्न सफल रहेको प्रतिक्रिया ब्यक्त गर्दै आफु निरन्तर रुपमा लागि रहने प्रतिबद्दता लण्डन नेपाल न्यूज डट कम का प्रधान सम्पादक शिब भण्डारीलाइ जानकारी गराए ।










