काठमाडौं– वर्षेनी सरकारी संयन्त्रप्रति सर्वसाधारणको विश्वास गिर्दो छ। अभिभावक आफ्ना बच्चालाई सरकारी स्कूलमा पढाउन चाहँदैनन्। बिरामी पर्दा सरकारी अस्पताल पहिलो रोजाइमा पर्न छोडेका छन्। तर अनमानगर स्थित लोकसेवा कार्यालय पुग्नुभयो भने देख्नुहुनेछ( एउटा लामो लाइन। सरकारी जागिरका आकांक्षीहरु त्यहाँ परीक्षा फारम लिनरबुझाउन कुरिरहेका भेटिन्छन्। सरकारका अन्य संयन्त्रभन्दा ठिक विपरित लोकसेवाप्रति सर्वसाधारणको विश्वास उच्च छ, सरकारी जागिरप्रतिको आकर्षण बढ्दो छ।
आयोगले वर्षभरी विभिन्न पदमा दरखास्त आह्वान गर्दा फारम भर्नेको संख्या मात्रै पनि उल्लेखनीय हुने गरेको छ। आर्थिक वर्ष ०७०र७१ मा विभिन्न पदमा ५ लाख ६० हजारले फारम भरेका छन्। यो संख्या अहिले मुलुकभरि भएका निजामती कर्मचारीभन्दा ७ गुना बढी हो। देशभरि करिब ७३ हजार निजामती कर्मचारी रहेका छन्। आयोगको तथ्यांकअनुसार एक वर्षमा करिब चार लाख ६४ हजार २ सय ११ हजारले फारम भर्छन्। नागरिक न्युजबाट






