आजबाट दोस्रो गुल्मि महोत्सव सुरु हुदैछ । ‘गुल्मि जिल्लाको समग्र विकासको आधार, कृषि पर्यटन उद्योग र ब्यापार भन्ने’ भन्ने नारा सहित गुल्मि उद्योग वाणिज्य संघको अयोजनामा महोत्सव हुन लागेको हो । फागुन ३० गतेसम्म चल्ने महोत्सवमा ५ करोड भन्दा बढिको कारोबार हुने अपेक्षा गरिएको आयोजकले बताएको छ । २६, २७ र २८ गते तिन दिन हेलिकोप्टरबाट गुल्मिका ऐतिहासिक, धार्किक र पर्यटकिय स्थालहरुको दृश्यावलोकन गर्ने पाउने ब्यवस्था पनि गरिएको छ । गुल्मिमा उत्पादन भएको कफि, सुन्तला, माहुरी च्याउ लगायतका कृषि जन्य उत्पादन मुख्य आर्काषण रुपमा रहनेछन् ।
दोस्रो गुल्मी महोत्सव सुरु






