काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशनमा ६३ जनाले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । अब ६१ केन्द्रीय सदस्यका लागि ३०२ जनाबीच प्रतिस्पर्धा हुनेछ ।
नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा कांग्रेसको ६४ पदका लागि ३७५ जनाको उम्मेदवारी परेको थियो । सभापति र महामन्त्रीका लागि तीन-तीन र कोषाध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो ।
निर्वाचन समितिका अनुसार ६३ जनाले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
सभापतिमा तीन, महामन्त्रीमा तीन र कोषाध्यक्षमा चार जनाको उम्मेदवारी परेको निर्वाचन सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए ।






