राधा खरेल — बर्मिङ्घम

बेलायतको बर्मिङ्घममा सरस्वती पुजा गरेर नेपाली भाषा कक्षा स्कुलको उद्धघाटन गरिएको छ । बिर्मिङ्घमको वेस्ट ब्रोमविच, किंग स्ट्याण्डिंग र यार्डलीमा गरी तिन अलग अलग समारोह बीच उद्धघाटन गरिएको हो ।

उद्घाटनसँगै बेलायतको मिडल्याण्डअन्तर्गत बर्मिङहमका पर्ने विभिन्न ३ स्थानमा स्थानीय नेपाली बालबालिकाको लागि आइतबारदेखि एकसाथ नेपाली कक्षा सञ्चालनमा आएको छ ।

स्थानीय शान्ति नेपाली समाजको संयोजनमा बर्मिङहमबासी सबै नेपाली परिवारका बालबालिकालाई समेट्ने गरी वेस्ट बर्मिच, यार्डली र किंग स्ट्याण्डिंगमा नेपाली कक्षा सञ्चालनमा आएको हो । वसन्त पञ्चमीको शुभ साइत पारेर तीन वटै स्थानमा स्थानीय बालबालिका र अभिभावकहरुको सहभागितामा सरस्वति पूजा गरी नेपाली कक्षा औपचारिक रुपमा सुरु गरिएको शान्ति नेपाली समाजका सचिव प्रबिन खरालले जानकारी दिए ।

कक्षा शुभारम्भकै दिन कुल १ सय बढि बालबालिकाहरु सहभागी बनेको सचिव खरालले जनाए । वेस्ट बर्मिचमा ६२, यार्डलीमा १६ र किंग स्ट्याण्डिंगमा ३५ बालबालिका कक्षामा सहभागी बनेका थिए । नेपाली कक्षाका विषयमा बर्मिङहमका सबै क्षेत्रमा बस्ने नेपालीहरुलाई सुचना पठाइसकेको समाजले कक्षामा सहभागी हुने बालबालिकाको संख्या अझै बढ्ने अपेक्षा गरेको छ ।

अबदेखि हरेक साताको आइतबारका दिन तीन वटै क्षेत्रमा डेढ घण्टा नेपाली कक्षा सञ्चालन गरिने बताइएको छ । कक्षामा ६ वर्षमाथिका बालबालिकाहरु सहभागी हुनेछन् । पहिलो चरणमा आउंदो ६ महिनासम्म कक्षा सञ्चालन गर्ने समाजको योजना छ । समाजका सदस्यहरुमध्येबाटै स्वयमसेवी शिक्षकहरुले नेपाली कक्षाहरु सञ्चालन गर्नेछन् । वेस्ट बर्मिचमा यज्ञ खरेल, चित्र खनाल र सिता खरेल, यार्डलीमा किरण क्षेत्री तथा किंग स्ट्याण्डिंगमा कोपिला अधिकारी र अजन्ता खड्काले स्वयमसेवी शिक्षकको भुमिका निर्वाह गर्नेछन् ।

वेस्टब्रम र यार्डली को समारोहमा शान्ति नेपाली समाजका अध्यक्ष लिलाबहादुर थापाले नेपाली कक्षाको बारेमा जानकारी गराउदै बेलायतमा हुर्किदै गरेका नेपाली बालबालिकालाई स्पस्ट नेपाली भाषामा कुरा गर्न लेख्न सकुन भन्ने उदेश्य स्वरुप नेपाली कक्षाको कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । शान्ति नेपाली समाजको पूर्व अध्यक्ष कृष्ण ढकालले बेलायतमा बस्ने नेपालीका छोराछोरीलाई नेपाल भाषासँग साक्षर बनाउन यस्तो कक्षाले निकै ठूलो भूमिका खेल्ने बताए ।

वेस्टब्रमको कार्यक्रममा एनआरएनए आईसीसी कोषाध्यक्ष सोमनाथ सापकोटको पनि उपस्थिती थियो । सोही कार्यक्रममा सस्थाका निबर्तमान उपाध्यक्ष ठाकुर ज्ञवालीले नेपाली कक्षाको बारेमा जानकारी गराएका थिए ।आज नेपाली तिथि अनुसार श्रीपन्चमी सरस्वती पुजाको दिन पारेर शान्ती नेपाली समाज बेलायतले नेपाली कक्षा पुन: सन्चालनमा ल्याएको छ हामी बेलायतको बर्मिघमको West Bromwich बाट प्रतक्ष्य प्रसारणमा-राधा खरेल

फेसबुक कमेन्ट