काठमाडौं- कांग्रेसका वरिष्ठ नेता रामचन्द्र रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवासँग मिलेको भन्ने आरोप अस्वीकार गरेका छन् ।
रिङरोडस्थित ढुंगेधारामा सोमबार आफुनिकट र सभापति देउवाको कार्यशैलीसँग असन्तुष्ट नेताहरुको भेलामा उनले यस्तो बताएका हुन् ।
‘म शेरबहादुरजी सँग मिलेको छैन । सात प्रदेशको प्रदेश समितिमा उनीहरुले चार र हामीले तीन लिएको भन्ने होइन,’ पौडेलको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘विधान मस्यौदा समिति, अनुशासन समिति छिटो बनाऔँ भन्ने कुरा सभापतिबाट आएको छ ।’






