लन्डन– काठमाडौंको काडाँघारीस्थित अक्षरा स्कुलको टोली बेलायतको पठनपाठन, कला संस्कृति र परम्पराको अध्ययन गर्न लन्डन आएको छ ।
प्रिन्सिपल अन्जु भट्टराईको नेतृत्वमा अक्षरा स्कुलमा कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीको समूह यहाँको रहनसहन अध्ययन गर्न बेलायत आएको हो । विद्यार्थी टोलीहरुमा संस्कृति फुयाल, नुर्पर फुयाल, दीक्षा गौतम, प्रनिल कायस्थ र सिद्धार्थ गौतम छन् ।
करिब २ साता लामो अध्ययन भ्रमणका क्रममा उक्त टोलीले अक्फोर्ड र क्याम्ब्रिज विद्यालयको शैक्षिक  भ्रमणमा आएको प्रिन्सिपल भट्टराईले लन्डन नेपाल न्यूज डट कमलाई बताइन् ।
बेलायतजको शिक्षाको गुणस्तरको बारेमा बालबालिकालाई जानकारी होस् भनेर शैक्षिक भ्रमणमा आएको प्रिन्सिपल भट्टराईले बताइन् । अक्षरा स्कुलबाट गत वर्ष पनि विद्यार्थीका लागि बेलायतमै शैक्षिक भ्रमण मिलाएको थियो ।
टोलीले अक्स्फोर्ड, क्याम्ब्रिजलगायत लन्डनस्थित वकिमह्याम प्यालेस्, लन्डन आई, बेलायती संसद, म्याडमटुसाज लगायतको अवलोकन गर्नेछ । उनीहरुले प्रोफेसर र स्थानीय मेयरसँग पनि भेट गरेर जिज्ञासा राखेका थिए ।

फेसबुक कमेन्ट