![k|wfgdGqLdf cWoIf bfxfnsf] pDd]bjf/L btf{ g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfnn] g]kfnsf] k|wfgdGqLsf nflu Joj:yflksf–;+;b ejg gofF afg]Zj/sf] Nxf]T;] xndf :yfkgf ul/Psf] lgjf{rg clws[tsf] sfof{nodf dªunaf/ pDd]bjf/L btf{ u/fpg'x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;](http://www.londonnepalnews.com/wp-content/uploads/2016/08/prachanda.jpg)
प्रचण्डलाइ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि समर्थन गरेको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपा नेता सर्वेन्द्रनाथ शुक्ल र सदभावना नेता लक्ष्मणलाल कर्ण पनि उनको उम्मेदवारीको समर्थक बसेका छन् ।
प्रचण्डले आफ्ना समर्थकका साथ संसद भवनको ल्होत्से हल पुगेर प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ताका लागि विहान ११ बजेदेखि अपराहृन ४ बजेसम्मको समय तोकिएको छ । प्रधानमन्त्रीको चुनाव बुधबार विहान ११ बजेको संसदमा हुनेछ ।
व्यवस्थापिका–संसदमा नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनी उम्मेदवारी दर्ता गर्न पाउने गरी मंगलबारका लागि कार्यतालिका तोकिएको छ ।
एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने विपक्षमा मत हाल्ने निर्णय गरेपछि प्रचण्ड प्रधानमन्त्री हुने पक्कापक्की छ । उनलाई संसदको प्रमुख दल नेपाली कांग्रेस, मधेसी मोर्चासँगै अन्य दलहरुले पनि साथ दिएका छन् ।
प्रचण्डद्वारा प्रधानमन्त्रीका लागि उम्मेद्वारी दर्ता






