काठमाडौं। रुसमा जारी विश्वकप फुटबलको नक आउट चरणका खेलहरु आजबाट सुरु हुँदैछन् ।
विश्वकपको समूह चरणमा ३२ देशबीच भएको प्रतिष्पर्धाबाट १६ देश छानिएका छन् । यी १६ देशबीच अाजबाट प्री–क्वार्टरफाइनल खेल हुँदैछ । राउण्ड अफ सिक्सटिनको पहिलो खेलमा आज वेलुकी अर्जेन्टिना र फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ८ वजे सुरु हुनेछ ।
अर्जेन्टिना समुह डि को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो भने फ्रान्स समुह सि को विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । दुई पटकको विश्व विजेता अर्जेन्टिना तथा एक पटकको च्याम्पियन फ्रान्सविचको यो खेल निकै रोचक हुने अनुमान छ ।
यसैगरि आजै राती पौने १२ वजे उरुग्वे र पोर्चुगल भिड्नेछन् । उरुग्वे समुह ए को विजेताको रुपमा तथा पोर्चुगल समुह बि को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेका हुन् ।
आइतबार
स्पेन VS रसिया
क्रोएसिया VS डेनर्माक
सोमबार
ब्राजिल VS मेक्सिको
बेल्जियम VS जापान
मंगलबार
स्वीडेन VS स्वीट्जरल्याण्ड
कोलम्बिया VS इग्ल्याण्ड






