लिस्बन । पोर्चुगलमा कोरोनाभाइरस महामारीको कारण पहिलोपटक एक नेपालीको निधन भएको छ ।
भक्तपुर घर भई लामो समय देखी पोर्चुगलको साऊज्ऊ स्तोरेलमा परिवार सहित व्यवसाय गरि बस्दै आएकी मुना श्रेष्ठको कोरोनाको कारण मृत्यु भएको हो ।
४३ वर्षीय मुनालाई कोरोना भएपछि ३ हप्ता जति कासकाईस अस्पतालमा भर्ना गरिएको थियो । श्रेष्ठ श्रीमान, एक छोरा र एक छोरीसहित इस्तोरिलमा बस्दै आएकी थिइन् ।






