लन्डन । द एभरेष्ट इन नेवार्क रेष्टुरेन्टले सक्सेसफूल न्यू विजनेश अवार्ड प्राप्त गरेको छ । नेवार्क एडभरटाइजर मिडिया ग्रुपले आइतबार नेवार्कमा आयोजित एक विशेष समारोहमा उक्त अवार्ड प्रदान गरेको हो । सञ्चालन भएको एक वर्षमै अवार्ड जित्न सफल उक्त रेष्टुरेन्ट नेपाली तथा इन्डियन खानाका लागि प्रचलित छ ।
रेष्टुरेन्ट सञ्चालक भण्डारी ब्रदर्श ग्रुपका प्रवन्ध निर्देशक कमल
भण्डारीले अवार्ड प्राप्त गरेपछि आभार व्यक्त गर्दै सफलता पछाडि आफ्ना समस्त ग्राहक, कर्मचारी र शुभचिन्तकहरुको उल्लेख्य योगदान रहेको बताए ।
भण्डारी ब्रदर्श ग्रुपले सञ्चालन गरेका अरु केही रेष्टुरेन्टले पनि बेलायतमा अवार्डसहित सफलता चुमिरहेका छन् । ग्रुपले बेलायतमा हस्पिटालिटी क्षेत्र बाहेक फाइनान्स र रेष्टुरेन्ट सामाग्री सप्लाइ पनि गरिरहेको छ । नेपालमा पनि हाइड्रो र बैंकिंग क्षेत्रमा लगानी छ ।






