लन्डन । एनआरएनले रोपाई कार्यक्रम आयोजना गरेको छ । एनआरएनको कृषि प्रबद्र्धन समितिले राष्ट्रिय धान दिवसको अवसरमा बनेपा नगरपालिका १२ स्थित कोटथुम्का गॉउमा आज रोपाई कार्यक्रम आयोजना गरेको हो ।
रोपाई कार्यक्रममा एनआरएनका सहकोषाध्यक्ष सोम सापकोटा, एनआरएनका कार्यालय प्रमुख हेमन्त दवाडी, कृषि समिति संयोजक युवराज गुरुङ, चितवन युवा समूह (अन्तराष्टिय समन्वय समिति ) सचिव गणेश ढकाललगायत एनआरएनकमीको उपस्थिीती थियो ।









