काठमाडौँ- नाइजेरियालाई २–१ ले हराउँदैद अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम १६ मा पुग्न सफल भएको छ ।
पहिलो खेलमा एक एकको बराबरी र दोस्रो खेलमा पराजित भएको अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा नाइजेरियालाई हराउँदै समूहको उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
अर्जेन्टिनालाई अन्तिम १६ मा पुर्याउनका निम्ति मार्कोस रोजोको गोल निर्णायक बनेको थियो ।






