केन्टमा “सुम्निमा साँझ”यसरी मनाइयो (फोटोफिचर)

प्रमिला लाबुंग राई ,

लण्डन । गत शनिबार ९ जुन २०१८ को दिन किराँत राई सांस्कृतिक कलाकार संघले, सेन्ट साईमोन स्टोक क्याथोलिक चर्च, आशफोर्ड, केन्टमा “सुम्निमा साँझ” भव्यताको साथ मनाईएको छ ।   कार्यक्रमको पहिलो चरण, स्वर्गीय बरिस्ट संगीतकार दिव्या खालिंगको स्मरणमा समर्पण गरेको थियो भने, दोस्रो चरणमा विभिन्न स्थानीय कलाकारहरु द्वारा गीत र नृत्यहरु प्रस्तुत गरिएको थियो। किराँत राई सांस्कृतिक कलाकार संघले आफ्नो संस्कार र संस्कृति जगेर्ना गर्ने उदेश्यले, यो बर्ष बाट सुम्निमा साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो र जसलाई प्रतेक बर्ष निरन्तरता दिईने योजना रहेको, अध्यक्ष्य हेम कुमार राईले बताउनु भयो।

महा सचिव: डाक्टर महा राईले संचालन गरेको पहिलो चरणको कार्यक्रममा, स्थानिय कलाकारहरु गंगाराज राई, बिसी राई, सुषमा राई र एभरेस्ट आईडल बिजेता: सोनाहांग राईले दिव्या खालिंगद्वारा संगीतबद्ध चर्चित गीतहरु जस्तै तिमी जुन रहरले म मा फुल्न आयौ, म त लाली गुराँस भएछु, बिपना नभई बाची दिने, प्रियसीका यादहरु आदि कालजई गीतहरु गाएर स-सम्मान स्वरूप स्वर्गीय दिव्या खालिंगलाई श्रदान्जली अर्पण गरेका थिए। यस कार्यक्रममा बाध्य बादनमा, कलाकारहरुलाई स्थानीय “नाम्लो ब्याण्ड” ले साथ् दिएका थिए।

दोस्रो चरणको कार्यक्रममा स्थानीय कलाकारहरुले बिभिन्न किसिमका गीत र नृत्यहरु द्वारा दर्शकहरुलाई मनोरंजन गराएका थिए। रोजिना राईद्वारा संचालित यस कार्यक्रममा स्थानीय कलाकारहरु अनिला राई, अनिता राई, कल्पना राई, कृष्ण राई, लिला गोमदेन राई, सुष्मा राई, सलोनी राई, पुर्णिमा राई, बिकाश राई र कमल राईले सुमधुर स्वरद्वारा दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए भने, करिष्मा राई र यात्रिमा राईको नृत्य प्रतुतिले सुम्निमा साँझलाई अझै मनोरन्जात्मक बनाएको थियो। कार्यक्रमको अन्तमा चर्चित गायिका सत्यकला राईले आफ्नो प्रस्तुति द्वारा उपस्थित सम्पूर्ण दर्शकवृन्दलाई नचाएर सुम्निमा सांझको मनोरंजनमा सुनमा सुगन्ध थपेका थिए।

किराँत राई यायोक्खा बेलायतका अध्यक्ष श्री पदम बहादुर राई प्रमुख अतिथि रहेको र बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, बुद्धिजिबीहरु लगायत संयौको संख्यामा उपस्थिति रहेको “सुम्निमा साँझ” को संयोजक सुमन चन्द्र राई रहेको थियो ! किराँत राई सांस्कृतिक कलाकार संघ द्वारा पहिलो पटक आयोजना गरिएको “सुम्निमा साँझ” अति नै सफलताको साथमा सम्पन्न भएको थियो।