पेरुकी ‘गर्लफ्रेण्ड’ले कपडा खोल्ने दिन आज, खोल्ने अवसर पाउलिन् कि नपाउलिन् ?

पेरु टिमकै ‘गर्लफ्रेण्ड’ भनिने निसु काउटी पछिल्लो समय निकै चर्चामा छिन् । उनले पेरु टिमको हरेक गोलमा कपडा खोल्ने घोषणा गरेकी छिन् । आज पेरु फ्रान्ससँग भिड्दैछ । खेलमा जीत हारको पूर्वानुमानमा पेरु फ्रान्सभन्दा निकै कमजोर देखिएकोले उसले खेल जित्ला नै भन्ने विश्वास गर्न कठिन छ । तर पेरुले एउटा भए पनि गोल गर्न सक्ला कि नसक्ला भन्ने चासोको विषय बनेको छ । किनकि पेरुले हारोस् वा जितोस् तर उसले गोल गर्नासाथ निसुले कपडा खोल्नेछिन् ।

 

संसारभरीका फ्यानले ताली बजाएर, हुटिङ गरेर टिमलाई समर्थन गरिरहँदा उनको समर्थन गर्ने शैली भने निकै भिन्न छ । उनले आफ्नो टिमले गर्ने हरेक गोलमा आफ्नो कपडा खोल्नेछिन् । उनले पेरुको प्रत्येक गोलमा टपलेस हुने घोषणा गरेकी छिन् । उनको घोषणा पूरा नहोला भन्न सकिन्न किनकि उनी भनेको कुराबाट पछि नहट्न यसअघि नै प्रमाणित गरिसकेकी छिन् । निसुले यसअघि पनि कपडा खोलिसकेकी छिन् । भेनेजुएलाविरुद्धको विश्वकप छनोटमा उनले न्यूड पोज दिइसकेकी छिन् । एजेन्सी