टोकियो । जापानमा रहेका महिला दिदीबहिनीहरुको बढ्दो स्वास्थ्य समस्या न्युनिकरणका लागि अभियान सञ्चालन गरिने भएको छ । एनआरएनए महिला फोरम जापानले अभियान संचालन गर्ने भएको हो । जापानमा बढ्दो नेपालीहरुको संख्यासंगै स्वास्थ्य समस्याहरु पनि बढिरहेको छ, त्यसमा पनि महिला दिदीबहिनीहरुको समस्या अझ बिकराल बन्दै गईरहेको अवस्थामा यो कार्यक्रम गर्न लागिएको संयोजक सबिता श्रेष्ठले जानकारी दिनुभयो ।
एनआरएनए महिला फोरम जापानले जापान सरकारको वडाकार्यलयहरुबाट गरिने स्वास्थ्य जाँच र सुबिधा बारे जानकारी तथा परिवार नियोजन र गर्भपतनबारे जापानको नियम कानुन कस्तो छ त रु भन्ने जानकारी गराउने उद्देश्येले एक विशेष कार्यक्रमको आयोजना गर्न लागेको छ । कार्यक्रम आगामी जुलाई ८ तारिख आईतबार टोकियोको सिन्जुकु ह्याकुनिन च्यो २-२० -२३,स्थित सोलमारी मुरा हलमा, दिनको २ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।






