एमालेमा आठ जना केन्द्रिय सदस्य मनोनयन

काठमाडौं, फाल्गुन १९ । नेकपा एमालेले आठ जना वैकल्पिक केन्द्रिय सदस्य मनोनयन गरेको छ । पार्टी मूख्यालय बल्खुमा आज बसेको स्थायी कमिटी बैठकले विधान अनुसार मनोनित गरिने ५ र अन्य पार्टी प्रवेश गरेर आएका तीन जनालाई वैकल्पिक केन्द्रिय सदस्यमा मनोनयन गरेको हो ।
मनोनित बैकल्पिक केन्द्रिय सदस्यमा खगेन्द्र चुडाल, देवशङ्कर पौडेल, मानबहादुर जी.सी., रूपनारायण श्रेष्ठ, झपट रावल, प्रल्हाद गिरी, डा. देउमान सम्वाहाङ्गफे र भाष्कर काफ्ले रहेका छन् । एमालेको केन्द्रीय कमिटी अब १ सय ८४ सदस्यीय भएको छ । नेताहरुको भागवण्डा नमिल्दा स्थायी कमिटीले केन्द्रीय सदस्य विस्तार गर्ने कार्यसूची पटक पटक सरेको थियो । नेताहरुको भागवण्डाकै कारण केन्द्रीय सदस्यको कार्यविभाजन भने हुन सकेको छैन् ।