नेपाली कांग्रेस पदाधिकारीको बैठक मंगलबार विहान बस्यो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालाको निजी सचिवमलयले जनाएको छ । नेकपा एमालेले सरकार छोड्ने भन्दै दिएको चेतावनी, संविधान निमार्णका लागि अवको कदम र विपक्षी दलहरुसँग वार्तालगायत विषयमा बैठकमा छलफल भएको नेपाली कांग्रेसले जनाएको छ । कांगे्रसले सत्ता साझेदारी दल नेकपा एमालेसँग आजै छलफल गर्ने निर्णय गरेको छ । सत्ता साझेदार दल एमालेले संविधान निमार्णका काममा ढिलाई गरे सरकार छोड्ने चेतावनी दिएपछि कांग्रेस नेताहरु बैठकमा जुटेका हुन् । हिजो एमालेको स्थायी समिती बैठकले जसरी पनि संविधान निमार्ण प्रकृया अगाढि बढ्नु पर्ने त्यसो नभएमा सरकारबाटै बाहिरीने चेतावनी दिएको थियो । यस विषयमा आज कांगेस र एमालेबिच पनि छलफल हुन सक्ने बताइएको छ ।
कांग्रेसमा समीक्षा बैठकपछि एमालेसँग छलफल






