पूर्वराष्ट्रपति विश्व हिन्दु सभामा जाने कुनै कार्यक्रम छैन्: नीजि सचिवालय

काठमाडौं- पूर्व राष्ट्रपति डा.रामबरण यादवको नीजि सचिवालयले तिब्बती धर्म गुरु दलाई लामासँग भेटघाटको प्रयासवारे प्रकाशित समाचारमा चासो व्यक्त गरेको छ ।

हालै मात्र दलाई लामालाई पूर्वराष्ट्रपति यादवसँग भेटाउने तयारी भएको समाचार प्रकाशमा आएको थियो ।

पूर्व राष्ट्रपति यादवको सचिवालयका कर्मचारी किरण पन्थले लामासँग भेटको प्रयासवारे कुनै कार्यक्रम नरहेको र अमेरिकाको सिकागोमा आयोजना हुने भनिएको विश्व हिन्दु सभामा पूर्व राष्ट्रपति यादव नजाने स्पष्ट गरेका छन् ।

केही हिन्दूवादी संगठनका नेताहरुले पूर्व राष्ट्रपति यादवलाई विश्व हिन्दु सभामा प्रयास गरिरहेको समाचार आएको थियो ।

गणतन्त्र हिन्दू राष्ट्र प्रमुखको हैसियतमा डा। यादवले प्रदर्शन गरेको भूमिकालाई कदर गर्नुपर्ने अवधारणासहित उनीहरुले आयोजकसमक्ष लबिङ गरिरहेका बताइएको थियो ।

सेप्टेम्बर ७ देखि ९ सम्म चल्ने सभामा विश्वका विभिन्न धार्मिक संगठनका धर्मगुरु लगायत ख्यातिप्राप्त व्यक्तिहरुको सहभागीता रहनेछ ।

यो सभामा दलाई लामा, राष्ट्रय स्वयसेवक संघका प्रमुख मोहन भागवत, भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, हलिउड स्टार रिचार्ड गेरे र रिर्जभ बैंक अफ इन्डियाका पूर्व गभर्नर भी राजन लगायतका व्यक्तिहरुलाई निम्तो गरिएको र निम्तो गरिएकाहरुको तर्फबाट सहभागीताको सुनिश्चितता खोजिएको बताइएको छ ।

यसमा विश्वका भिन्न देशहरुबाट २ हजारदेखि ३ हजारको बीचमा सहभागीता रहने अनुमान गरिएको छ ।