काठमाडौं– राप्रपाका सांसद राजेन्द्र लिङदेनले बजेट नियमित र परम्परागत भएको बताएका छन् । बजेटमाथिको छलफलमा भाग लिदै सांसद लिङदेनले सत्रारुढ दलहरुले चुनावमा गरेका प्रतिवद्धता नै बजेटमा समावेश नगरेर सरकार पछि हटेको बताए ।
उनले सरकार र सत्तारुढ दलहरुले ठुलाठुला सपना बाडिएपनि त्यो पुरा हुने आधार नदेखिएको धारणा राखे । ‘प्रधानमन्त्रीले देखेको सम्बृद्धिको सपना सय बर्षमा पुरा हुने हो कि एक बर्ष या पाँच बर्षमा ?’ लिङदेनले प्रश्न गरे ।
कर्णाली र मधेसलाई मुल प्रवाहमा ल्याउने बजेट नभएको भन्दै उनले जातीय छुवाछुत र दलितबारे बजेटले ध्यान नदिएकोमा आक्रोश पोखे । उनले बजेट बनाउने विषयमा सांसदहरुसँग समेत कुनै छलफल नगरेकोमा उनले आपत्ति जनाए ।
लिङदेनको प्रश्न : आफ्नै प्रतिवद्धताबाट सरकार किन पछि हट्यो ?






