इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल ११३ रुपैयाँ

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्यबृद्धि भएपछि नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।

इन्डियन आयल कर्पोरेसन आइओसी बाट मुल्य बढेर आएपछि निगमले पेट्रोल, डिजेल मट्टितेल र हवाई इन्धन एटीएफको मुल्य बढाएको हो ।

निगमले एक महिना अवधिमा समायोजन भन्दै दुईपटक मुल्य बढाएको छ ।

पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर तीन ती रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा पाँच रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकेएलमा ७५ डलर मुल्य बढाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।