काठमाडौं– सांसद रामकुमारी झाँक्रीले सांसद विकास कोसका नाममा अर्थमन्त्रीले विनियोजन गरेको बजेटका कारण सांसदहरुको बद्नाम भइरहेको बताएकी छन् ।
बिहीबार बजेटमाथिको छलफलमा संसद बैठकमा बोल्दै सत्तापक्षकै सांसद झाक्रिले भनिन् ‘सांसद विकास कोषका नाममा किन सांसदहरु आलोचित हुनुपरेको हो ? हामीले छलफल गर्नुपर्छ कि ?’ भन्दै प्रश्न गरिन् ।
उनले अर्थमन्त्री युवराज खतिवडाले समेत आफुले दवावमा परेर बजेट छुट्याएको भनेर दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको बताईन् ।
‘ मलाई दुख्ख लागेको छ, अर्थमन्त्रीको यो बोली जिम्मेवारी होइन ।’उनले बजेटमा सवै सिण्डिकेट अन्त्य गर्न गरेको प्रतिवद्धताको स्वागत गर्दै उनले भनिन्– राजनीतिक सिण्डिकेट पनि अन्त्य गर्ने कि ?’
संसदमा रामकुमारी झाँक्रीले सोधिन् : राजनीतिक सिन्डिकेट पनि अन्त्य हुन्छ कि ?






