एक्लै ‘सुनकेशरी’चलचित्र हेर्नेलाई ५ हजार पुरस्कार

 

 

काठमाडौँ । सुनकेशरी’ चलचित्र दर्शकले एक्लै हेर्न नसक्ने दाबी गरेकी ऋचा शर्मा चलचित्रको प्रदर्शनीलाई लिएर निकै उत्साहित छिन्  । चलचित्र यही जेठ ११ गतेबाट रिलिज हुनेछ ।ऋचा शर्मा पहिलो पटक दर्शक तर्साउने रोलमा चलचित्रमा देखापर्नेछिन । चलचित्रका निर्देशक अर्पण थापा हुन् भने ऋचा शर्मा, रविन्द्र झा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

चलचित्र हेर्न १६ बर्षदेखि तलका बालबालिकालाई नआउन आग्रह गर्दै निर्देशक अर्पण थापाले सुन्केशरी चलचित्र एक्लै हेर्ने दर्शकलाई ५ हजार पुरस्कार समेत दिने घोषणा समेत गरे । नायिका शर्माले चलचित्र दर्लाग्दो मात्रा हैन निकै हसाउने र रमाइलो पनि रहेको बाताइन। पहिलो हाफ निकै हसाउने तर हेर्दा हेर्दै डर पैदा हुने भन्दै उन्ले दर्शकलाई चलचित्र हेर्दा बोर नलाग्ने बाताइन।

यो चलचित्र चलेको खण्डमा नेपालमा पनि हरर मुभीको ट्रेन्ड विकास हुने अर्पण र ऋचाको दाबी छ । दर्शकहरु पनि ‘सुनकेशरी’ चलचित्र हेर्न निकै उत्सुक देखिन्छन।