नवलपरासी सहायता समाज बेल्जियमको चौथो अधिवेशन हुने

बेल्जियम । नवलपरासी सहायता समाज बेल्जियमको चौथो अधिवेशन आगामी मे २० तारिख आईतबारका दिन आन्त्रोपेनमा हुने भएको छ ।
बेल्जियमको आन्त्रोपेन शहरमा मा हुन् गैरहेको चौथो अधिवेशन मार्फत नया नेतृत्व चयन लगाएत भावी कार्यहरु समेत तय गरिनुका साथै  अधिवेशनलाई भब्य रुपमा सफल बनाउन बेल्जियममा रहेका  सम्पूर्ण नवलपरासी एवम नवलपुर जिल्ला वासीहरुलाई उपस्थितिको लागी अनुरोध संगै बेल्जियमा रहेका सम्पूर्ण सामाजिक, बैचारिक, धार्मिक, जातीय तथा क्षेत्रीय संघ-संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुलाई समेत निमन्त्रणा गरिएको समाजका महासचिव हरी सापकोटाले बताएका छन् ।
नेपालमा नवलपरासी तथा नवलपुर जिल्ला घर भई बेल्जियममा बसोवास गर्दै आएका नवलपरासी तथा नवलपुरवासी द्वारा सन् २०११ मा स्थापना गरिएको समाजले बेल्जियमा मा रहने नवलपरासी वासी लाई आईपर्ने बिभिन्न समस्या समाधानमा सहयोग पुर्याउने तथा जिल्ला को शिक्षा तथा स्वास्थ्य क्षेत्र अन्तर्गत परोपकारी कार्यमा सहयोग पुर्याउने यसको मूल उद्धेश्य रहेको सापकोटाले बताए  
नवलपरासी सहायता समाज बेल्जियमले आफ्नो स्थापना काल देखि जिल्लामा बिभिन्न परोपकारी कार्य गर्दै आएको छ भने जिल्ला को स्वास्थ्य क्षेत्र अन्तर्गत साबिक नवलपरासी हाल नवलपुर को डण्डामा अवस्थित स्वास्थ्य चौकी मा सोलार पावर सहयोग, जिल्ला का बाढीपीडितलाई सहयोग, स्वास्थ्य शिविर संचालन, भुकम्प पिडित लाई सहयोग, बिपन्न वर्ग का बालबालिका तथा महिलाहरुको को स्वास्थ्य उपचारमा सहयोग, जिल्ला मा रहेको दुर्गम ठाउका बिपन्न परिवारलाई खानेपानी सुबिधामा सहयोग जस्ता परोपकारी कार्यहरु गरिसकेको र अन्य सामाजिक कार्यहरु समेत गर्न लागेको जनाएको छ ।