लन्डन । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले यस वर्ष पनि राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाहको ३०१ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएको छ ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्रीले आउंदो २७ पुष २०७९ अर्थात ११ जनवरीका दिन पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन लागिएको जनाए । हिमालयन क्लव रेष्टुरेन्ट सड्बरीमा दिउसो १२.३० बजे कार्यक्रम तय गरिएको हो ।
कार्यक्रम संयोजक समेत रहेका भरत क्षेत्रीले उक्त विशेष कार्यक्रमा सहभागिताका लागि सबैमा निमन्त्रणा गरेका छन् ।
यसैबीच, संस्थाले यस वर्षपनि पृथ्वी पुरस्कार प्रदान गर्ने भएको छ । अध्यक्ष क्षेत्रीले एकजना कुनै पनि पार्टीमा आवद्ध नभएको स्वतन्त्र बुद्धिजिवी साथै पृथ्वी नारायण शाहका बारेमा गहिरो दख्खल राक्ने व्यक्तिलाई एक लाख रुपैयांको पुरस्कार दिइने जनाए । पृथ्वी नारायण शाह जन्मेको ठाउं गोरखा पोखरीथोक बजारमै कार्यक्रम गरि उक्त पुरस्कार दिने व्यवस्था गरेको उनले बताए ।
क्षेत्रीले नेपालमा राजनीतिक परिवर्तनका बाबजुद पनि आफ्नै खर्च र पहलमा सन् २००७ देखि पृथ्वी जयन्ती मनाउंदै आएका छन् । पछिल्ला वर्ष यस कार्यक्रमप्रति बेलायतवासी नेपालीको ध्यानआकृष्ट हुंदै गएको छ ।






