बेलायत सरकार गैरकानुनी आप्रवासीहरु प्रति नरम बन्दै

londonnepalnews.com

लण्डन । बेलायत सरकारले गैरकानुनी रुपमा बसिरहेका आप्रवासीहरुलाई स्वास्थ्य सम्बन्धि नियम परिवर्तन गरेको छ ।

इमिग्रेसन नियन्त्रणका नाममा आप्रवासीहरुप्रति चरम कठोरता देखाउंदै आएको बेलायत सरकारले यसपाली भने स्वास्थ्य सेवा प्रदायक नेसनल हेल्थ सर्भिस (एनएचएस)ले अबदेखि आफ्ना सेवाग्राहीबारेको सुचना होम अफिससंग शेयर गरिरहनु नपर्ने भएको हो ।

गैरकानुनी रुपमा बेलायतमा बसिरहेका आप्रवासीहरुको पहिचान गर्ने उद्धेश्यले सरकारले यसअघि एनएचएसबाट हरेक सेवाग्राहीबारेको सुचना लिने गरेको थियो ।

सरकार र एनएचएसबीच आप्रवासीहरुसम्बनधी सुचना शेयर गर्नका लागि यसअघि भएको समझदारी परिवर्तन गरिने बेलायत सरकारका डिजिटल तथा क्रिएटिभ इन्डस्ट्री मन्त्री मार्गट जेम्सले डेटा प्रोटेक्सन एक्टसम्बन्धी बहसका क्रममा बुधबार सांसदहरुलाई सम्बोधन गर्दै यो जानकारी गराएकी थिइन् ।