काठमाडौं- विभिन्न विषयमा सहमति जुट्न नसक्दा कांग्रेस बैठक बस्न सकेन।
पार्टी सभापतिको तर्फबाट महामन्त्री शशांक कोइरालाले बनाएको प्रतिवेदनमा पौडेलसहित अन्य पक्ष सहमत नहुँदा शनिबार बैठक बस्न नसकेको हो। शनिबार दिनभर सहमतिका लागि प्रयास भए पनि त्यसो हुन सकेन।
गत निर्वाचनमा भएको हारको जिम्मा सभापतिले लिनेबारे अधिकारिक निर्णय नै हुनुपर्ने अडानमा पौडेल पक्ष बसेपछि बैठक बस्न नसकेको कांग्रेस नेताहरूले बताएका छन्।
निर्वाचनको हारबारे दुवै पक्षबीच मत बाझिएपछि शनिबार दिउँसोबाटै अनौपचारिक तहमा दुवै पक्षबीच संवाद थालिएको थियो। तर, शनिबार साँझसम्म अनौपचारिक कुराकानी मात्रै जारी रहेका कारण औपचारिक बैठक बस्न नसकेको हो।






