लन्डनबाट कर्माले गरे एकैपटक पाँच म्यूजिक’भिडियो’ सार्वजनिक

लन्डन- गायक तथा समाजसेवी कर्मा पहाडी शेर्पाको एकैपटक पाँच वटा म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । लामो समयदेखि लन्डनमा बस्दै आएका शेर्पा नेपाली गीत संगीत क्षेत्रमा तीन दशकदेखि सक्रिय छन् । ‘जता जता सोल्टेनी’, ‘कैले आउने हो’, ‘मुटु चिरी’जस्ता जनवादी तथा नेपाली लोकदोहोरी गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
ती गीतमा सगर बिरहीले स‌ंगीत भरेका छन् । ‘क्यक्सुम छे र टसिदेलक जस्त्यो’ शेर्पा भाषाको गीतमा भने गायकको आफ्नै शब्द रचना छ । निर्देशक तथा संगीतकार सुश्री आङ निमा शेर्पा कुंगाले संगीत भरेकी छन् । जीवन निरौलाले छायांकन तथा सम्पादन गरेको म्युजिक भिडियोलाई शेर्पा म्युजिक वर्ल्डले बजारमा ल्याएको हो । शेर्पा संघीय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य, बेलायत आदिवासी जनजाति महासंघ र शेर्पा संघ युरोप का निवर्तमान महासचिव हुन् । हाल उनी माओवादी केन्द्रका नेता हुन् ।