विवादले कांग्रेस बैठक समापन पनि हुन सकेन

sfFu|]; s]Gb|Lo sfo{ ;ldltsf] a}7s g]kfnL sfFu|]; s]Gb|Lo sfof{no ;fg]kfdf z'qmaf/ z'? ePsf] s]Gb|Lo sfo{ ;ldltsf] a}7sdf ;efklt z]/axfb'/ b]pjf, jl/i7 g]tf /fdrGb| kf}8]n, dxfdGqL 8f zzf+s sf]O/fnfnufot kbflwsf/L tyf s]Gb|Lo ;b:ox? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं– एक महिनाभन्दा लामो समय चलेको कांग्रेस केन्द्रीय समिति समापन गर्न पनि सकस भएको छ ।

रामचन्द्र पौडेल समूहसँग समझदारी हुन नसकेपछि बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । शनिबार कांग्रेस बैठक समापनको कार्यक्रम थियो ।

सभापति शेरबहादुर देउवाले शनिबार नै महत्वपूर्ण निर्णय लिन पार्टीका पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यसँग छलफल गरे ।

छलफलमा निर्वाचनमा पार्टीको पराजयको समीक्षा, जिल्ला सभापतिको भेला, महासमिति बैठक बोलाउने र विधान संशोधनका विषयलगायतमा सर्वसहमति खोज्ने प्रयास भएको थियो ।

शनिबार बिहान ९ बजे बस्ने बैठकमा महामन्त्री डा शशांक कोइरालाले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यक्रम छ । उक्त प्रस्तावमाथि छलफल भई पारित हुने बताइएको छ ।

साथै पार्टी सभापति शेरबहादुर देउवाले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिइ गत चैत ९ गतेदेखि जारी बैठक समापन गर्नुहुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।