काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीलाई यही बैशाखको अन्तिम साता काठमाडौँमा स्वागत गरिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा एक रात नेपालमा बिताउने गरी मोदी नेपाल आउन लागेका हुन । मोदीको भ्रमणको मिति औपाचारिक घोषणा नभए पनि तयारी भने एक सातादेखि भैरहेको छ ।
यसअघि एक भारतीय दैनिक पत्रिकाले मोदी बैशाख २८ मा नेपाल भ्रमणमा आउने समाचार प्रकाशन गरेको थियो ।
भारतले मोदीको भ्रमण मे अर्थात बैशाख २८ गतेका लागि प्रस्ताव गरेकामा प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव स्वीकार गरेको बालुवाटार स्रोतले जनाएको छ । ओलीले मोदीलाई चीन गएर आएपछि स्वागत गर्न चाहेपनि भारतीय चाहनामै मोदीको स्वागतपछि मात्र ओली चीन जाने भएका छन ।






