शिब भण्डारी
लण्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ( ईनास) को बेलायत तथा युरोप शाखाको आयोजनामा सम्पन्न युरोपस्तरीय नेपाली नृत्य तथा गायन प्रतियोगिता भव्य रुपमा लण्डनमा सम्पन्न भएको छ । बिदेशी भुमीमा नेपाली कला, संगीतबाट विजेता बनेका नेपाली कलाकारहरुलाई विशेष सम्मान गरिएको हो ।

ईनास छैठौं एकल नृत्य तथा तेस्रो गायन प्रतियोगितामा नृत्यतर्फ जर्मनी र गायनतर्फ बेलायतका सहभागी कलाकार सर्वोत्कृष्ट चयन भएका छन् । नृत्यतर्फ जर्मनीकी सरु श्रेष्ठ र गायनतर्फ बेलायतका शुस्रुत तिमल्सिना विजेता बनेका हुन् ।
नृत्य विधामा बेल्जियमकी निकिता सापकोटा पहिलो रनर अप तथा बेलायतकी काजोल गुरुङ दोस्रो रनर अप घोषित भए । नृत्यर्फ सहभागी ५ देशका १० प्रतिस्पर्धीहरुले विभिन्न दुई चरणमा आफ्ना प्रस्तुतिहरु गरेका थिए । नृत्य विधाका विजेताहरुको चयन निर्णयकहरु सनम बैराग, शारदा शर्मा र वर्षा खड्काको टिमले गरेको थियो ।
त्यस्तै गायनतर्फ बेलायतकै निमान तामाङ पहिलो रनर अप तथा जर्मनीका सुरज सापकोटा दोस्रो रनर अप हुन सफल भए । यो विधामा ३ देशका ५ प्रतिस्पर्धीले दुई चरणमा गायन प्रस्तुत गरेका थिए । गायनतर्फ निर्णायकको भुमिकामा मधु क्षेत्री,शर्मिला वर्देवा र पर्शुराम रिजालले गरेका थिए ।

दुवै विधामा सर्वोत्कृष्ट हुन सफल विजेताले ७ सय १ युरोको नगद पुरस्कार, ट्रफी र प्रमाणपत्रसहितका पुरस्कार प्राप्त गरे । उनीहरुलाई आउंदो १ वर्षको लागि ईनास सद्भावना दूत घोषणा गरियो । गायनका विजेताले नेपालस्थित भाइव स्टुडियोबाट एउटा गीत रेकर्ड गर्ने अवसर पाउनेछन् भने नृत्यकी विजेताले सोहि गीतको म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाउनेछन् ।
प्रतियोगीहरुमध्ये आफ्नो सशक्त अभिनयबाट दर्शकको मन जित्न सफल हल्याण्डकी एञ्जिला रोक्कालाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।
विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, विशेष अतिथीहरु एनआरएन आइसिसी पूर्व अध्यक्ष जिवा लामिछाने, एनआरएन संस्थापक रामप्रताप थापा, एनआरएन आइसिसी उपाध्यक्षहरु कुमार पन्त र कुल आचाय, ईनास ग्लोबलका अध्यक्ष पुष्प बरुवाल, उपाध्यक्ष कमला दाहाल, महासचिव मनिषकुमार श्रेष्ठ, युरोपका संयोजक अर्जुन काफले, बेलायत संयोजक रजनी सुनुवार लगायतका विशिष्ट व्यक्तिहरुले पुरस्कार वितरण गरेका थिए ।

समारोहमा बेलायतबाट बाहेक प्रतियोगितामा सहभागी बेल्जियम, जर्मनी, नेदरल्याण्डसहितका विभिन्न युरोपेली मुलुकहरुबाट समेत कैयौं दर्शकहरु उपस्थित थिए । नेपालबाट नायक धिरेन शाक्य, गायक पर्शुराम रिजाल अमेरिकाबाट गायक मधु क्षेत्री, कलाकार कृष्णमुरारी ढुंगेल लगायत आएका थिए ।
यसै बीच कार्यक्रम सम्पन्न गर्न ईनास ग्लोबलका महासचिव तथा बेलायत शाखाका संरक्षक मनिषकुमार श्रेष्ठ, ईनास बेलायत अध्यक्ष रजनी सुनुवार, कार्यक्रमका संयोजक तथा ईनास बेलायत उपाध्यक्ष गायक प्रमोदराज न्यौपाने, अर्का उपाध्यक्ष सुशिल प्रजापति, महासचिव सञ्जयभक्त कंडेल, सचिव गुणदेव घिमिरे, कोषाध्यक्ष गायक दिपक थापा, विनोद चिपालु, अभि महर्जन, सिम्मी पुन, सुनिता गौतम,निरु कंडेल, सल्लाहकारहरु दिपक श्रेष्ठ, यादव भण्डारी, लव विक्रम गौतम लगायतका ईनासकर्मीहरु महिनौदेखि अहोरात्र खटिएका थिए ।
कार्यक्रमको सञ्चालन ईनास यूके महासचिव सञ्जयभक्त कंडेलले गरेका थिए । प्रतियोगिता सञ्चालन सोफिया महर्जन कार्कीले गरेकी थिइन् ।कार्यक्रमको स्थलगत भिडियो रिपोर्ट शिब भण्डारी






