ग्रेटर रशमोर नेपाली कम्युनिटीद्वारा महिला विभागलाई सम्मान

प्रमिला लाबुंग राई,

अल्डरशट – नेपालीहरुको साझा संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटीको नेपाली नयाँवर्ष मनाउनको लागि अन्तिम तयारी बैठक सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष जीव बेल्बासेको अध्यक्षतामा सम्पन्न बैठक महासचिव मान गुरुङले संचालन गरेका थिए भने बरिष्ठ उपाध्यक्ष एवं नयाँवर्ष कार्यक्रमका संयोजक राम धन राइले कार्य विभाजन लगायत सम्पूर्ण कार्यक्रमको रुपरेखा प्रस्तुत् गरेका थिए।

बैठकमा संस्थाका सल्लाहाकार र गत ११ मार्च मा गठित ग्रेटर रशमोर नेपाली कम्युनिटी महिला विभागका सबै जसो सदस्यहरुको सहभागिता रहेको थियो भने अध्यक्षबाट महिला विभाग संयोजक लिला सेलिंग माबॊ, सह संयोजक सुष्मा गुरुङ,कोषाध्यक्ष जगना गुरुङ, सदस्यहरु शेषकुमारी पल्ली,गौरी माया इवा,नन्द शोभा लिम्बु, अनिता राइ, रोजी राइ, पुनम नेम्बाङ्ग र महेश्वरी लिम्बु,समेतलाई खादा ओढाई सम्मान गरिएको थियो भने सचिव दिया गुरुङ, सह सचिव एलिजा गुरुङ, सदस्यहरु सिमा श्रेष्ठ, शुसिला मगर, याम कुमारी भण्डारी एपोलोजी गरि अनुपस्थित रहेका थिए।

बैठकमा कोषाध्यक्ष टोप पल्लिले आर्थिक बिवरणका अतिरिक्त टिकेट र स्पोन्सर, सल्लाहाकार क्याप्टेन राजेन्द्रमान गुरुङ फण्ड प्राप्ति, क्याप्टेन बिष्णु श्रेष्ठ गोर्खा चौतारी, क्याप्टेन हरि थापा, क्याप्टेन बिर थापा, लेफ्टीनेण्ट रेशम शेरचन, उपाध्यक्ष नेम थापा, महासचिव मान गुरुङ,साँस्कृतिक सचिव दिनेश गुरुङ, सह साँस्कृतिक सचिव सुरक्षा राना, सदस्य दिल नेपाली लगायत सबैले आ-आफ्नो राय प्रश्तुत गरेका थिए भने सचिव युवन गुरुङले प्रस्ताब र निर्णयलाइ लिपिबद्ध गरेका थिए।

बैठकमा अध्यक्ष जीव बेलबासेले ग्रेटर रशमोर नेपाली कम्युनिटीको स्थानिय काउन्सिल, प्रहरी, प्रशासन , अरु समूदाय, अरु संस्थासंगको सम्बन्ध र सहकार्य, ग्रेटर रशमोर नेपाली कम्युनिटी र काउन्सिलको साझेदारीमा गरिने रशमोर फुड फेस्टिबल, १० के रन, अल्डरशट फान्ब्रो र नेपाल गोर्खा जिल्लाको गोर्खा नगरपालिकासंगको मितेरी, अल्डरशट राउण्ड एबाउटमा स्थापना गर्न गैरहेको नेपाली र ब्रिटिश आर्मीको शालिक आदि बिषयमा प्रष्ट पार्दै सकारात्मक सोंच नै संस्थाको सफलताको कडी भएको बताएका थिए।

भेटघाट रेष्टुरेन्टका प्रबन्धक सल्लाहाकार शेर सुनार र स्टाफ संगीता गैरेलाई हल र खाना प्रयोजनको लागि धन्यबाद दिदैं समापन भएको उक्त बैठकमा स्थानिय काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा वर्षमा दूइपटक गरिने इन्फर्मेसन डेको संयोजकमा उपाध्यक्ष नेम थापालाई तोकिएको थियो।