काठमाडौं– सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् ।
२९ वर्ष नेपाल प्रहरीमा सेवा गरेका खरेलले बुधबार राजीनामा दिने जानकारी दिए । आफूले प्रहरीमा प्रवेश गर्दा नै उत्कृष्ट कार्य गरेर उच्च नेतृत्वमा पुग्ने अभिलाशा बोकेको उनले बताए । ‘प्रहरी जवानकै रूपमा प्रवेश गर्दा पनि म एक दिन शीर्षस्थ स्थानबाट नेपाल प्रहरीलाई हाँक्छु भन्ने सपना देखेको थिएँ । त्यही सपना पूरा गर्न मैले जानजान गल्ती कहिल्यै गरिनँ । तर, त्यो अवसर पाइनँ ।
हीन भावना बोकेर संगठनलाई शतप्रतिशत नतिजा दिन नसक्ने ठहर गरेर आफूले बिदा लिने निर्णय गरेको उनले बताए ।
खरेलले आफ्नो स्वभाव राजनीति गर्ने नभएको उल्लेख गर्दै तर कसम नै नखाने पनि बताए ।






