कालिखोलामा पहिरोः नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत कालिखोला नजिक पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको छ ।

नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका-६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

पहिरो झरे लगत्तै पहिरो पन्छाउने काम सुरु गरिएएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार बिहान साढे पाँच बजेको समयमा पहिरो खसेको हो ।

विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ ।