जनसम्पर्क समिति आयरल्याण्को स्वर्गीय खुम बहादुर खडकाप्रति श्रद्धान्जली सभा

लन्डन । नेपाली जनसम्पर्क समिति आयरल्याण्डले नेपाली कांग्रेसका नेता स्वर्गीय खुम बहादुर खडकाप्रति श्रद्धान्जली सभा आयोजना गरेको छ । आयरल्याण्डको कोर्कमा आयोजीत कार्यक्रमकाबीच श्रद्धान्जली सभाको आयोजना गरिएको हो । नेपाली जनसम्पर्क समिति आयरल्याण्डका अधक्ष्य शुक्रराज न्यौपानेको सभापतित्वमा सम्पन्न श्रद्धान्जली सभामा यहा स्थित विभिन्न संघ संस्थाका अधक्ष्य एवं प्रतिनिधि तथा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा सभापतिको रूपमा मन्तब्य व्यक्त गर्दै जनसम्पर्क समिति आयरल्याण्डका अधक्ष्य शुक्रराज न्यौपानेले स्वर्गीय खड्काको पार्टीमा कुनै पदीय जीमेबारी बिनापनि सधै प्रभावशाली नेतृत्व क्षमता र कार्यकर्ताको संरक्षणमा उहाँको योगदानको स्मरण गर्नुभयो । स्वर्गीय खडका नेपाली कांग्रेसका कार्यकर्ताविच निकै लोकप्रीय नेताको रुपमा स्थापित हुनुहुन्थ्यो भन्दै पछिल्ला समय हिन्दु रास्ट्रको आफ्नो ऐजेन्डामा अविचलित रही अन्तिम सम्म सकृय रहनु भयका खड्काको निधन ले सिङ्गो मुलुक र नेपाली कांग्रेस पार्टीमा आभाव खड्कीरहने छ ।

अथितिको आसनबाट एनआरएनए आयरल्याण्डका अधक्ष्य नबराज कोइरालाले पार्टी देश र जनता प्रति गर्नु भयको योगदानको चर्चा गर्दै श्रद्धान्जली ब्यक्त गर्नु भयो साथै विभिन्न शक्तिकेन्द्रबाट भ्रष्टाचारको आरोपमा फसाइएको र त्यसका कारण स्वर्गीय खड्काले नेपाली कांग्रेसको संगठन निर्माण र विकास निर्माणमा गरेको योगदानलाई छायाँमा परेको भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रममा नेपाली समाज कोर्कका अधक्ष्य टेक नारायण पौडेल, गैर आवासीय नेपाली संघ आयरल्याण्डका पूर्व  उपाधक्ष्य तथा सलाहकार बसन्त न्यौपाने , उपाधक्ष्य लोक त्रिपाठी , सचिव बिबेक सापकोटा , कोर्क छेत्रीय सम्योजक कृष्ण भण्डारी , युवा सम्योजक अनिस भण्डारी , कोर्क नेपाली समाजका उपाधक्ष्य विजय सहनी , अग्रजहरु धन बहादुर खत्री , दुर्गा सुवेदी, घन बहादुर मगर , युवा बिध्यार्थी कृष्ण जी सी, सरोज पोखरेल , हरि गौतम, राम गुरुङ, कृष्ण के सी, भीम खत्री लगायतले स्वर्गीय खड्काप्रति शव्द श्रद्धान्जली व्यक्त गरेका थिए ।