नारी मिलन समूह युकेले गर्‍यो,नेपाली नयाँ वर्ष शुभकामना साँझ [फोटो फिचर]

लन्डन । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा बेलायतमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । नारी मिलन महिला समूह युकेले पनि नेपाली नयाँ वर्ष २०७५ शुभकामना साँझ आयोजना गरेको छ ।

नारी मिलन महिला समूह बेलायतकी अध्यक्ष विद्या विश्वकर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी थिए एनआरएनए यूके महासचिव आर के त्रिपाठी । मन्तव्यका क्रममा महासचिव त्रिपाठीले महिलाहरुलाई संगठित र सशक्त बनाउन नारी मिलन महिला समूहले उल्लेख्य योगदान गरेको भन्दै प्रशंसा गरे ।उनले परिवार र कामको व्यस्तताबीच महिलाहरुले समुदायमा गरेको सामाजिक कामको पनि सरहाना गर्दै एनआरएनए यूकेले महिला सशक्तिकरणका सवालमा उक्त संस्थासंग सहकार्य गर्ने विश्वास दिलाए ।

संस्थाकी अध्यक्ष विद्या विश्वकर्माले कार्यक्रम सञ्चालन गर्दै आफूहरु वौद्धिक र प्राज्ञिक स्तरमा कम र प्रचारप्रसारमा ओझेल परेपनि निस्वार्थ भावले समाजसेवा गर्न उत्सुक भएको बताइन् ।

उनले बेलायतका नेपाली महिलाहरुको उत्थान र अप्ठेरोमा सहयोग आदानप्रदान गर्न सन् २०१४ मा संस्था स्थापना गरिएको प्रष्टयाइन् । कुनै स्वार्थका नभइ नेपाली दाजु भाइ दिदि बहिनि एकै ठाउँमा भेला हुने र शुभकामना साटासाट गर्ने एउटा माध्यम रहेको आयोजक ,विद्या विश्वकर्माले लन्डन नेपाल न्युज डटकम संगको अन्तरबार्तामा समेत बताइन ।

कार्यक्रममा उपस्थितलाई सरस्वती राई र हरिकला अर्यालले स्वागत गरेका थिए ।  रवि लिम्बु, तृप्ती गुरुङ, मनिषा बस्नेत, पुष्पा तामाङ, सुमिरा थापा, सुनिता गुरुङ, राजकुमार गुरुङ, बिना खनाल, ज्ञानु श्रेष्ठ लगायतले नृत्य र रफी श्रेष्ठको बांसुरीको धुन संगै स्थानीय गायक आशिष राज, विद्या विश्वकर्मा, मनु गजमेर,कमला गुरुङले गायन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एनआरएनए यूके युवा संयोजक एलबीजेड गुरुङ,नायक ध्रुबदत्त, युवा समाजसेवी हेम गुरुङ,नबिन लामा ,पत्रकार नबिन पोखरेल, शिव भण्डारी, अतिथीका रुपमा उपस्थित थिए ।