डा. लोहनीलाई झड्का, ४३ पदाधिकारीले गरे कमल थापाको समर्थन

काठमाडौं – राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र डा प्रकाशचन्द्र लोहनीबीच प्रतिस्पर्धा हुन लागेको अवस्थामा ४३ केन्द्रीय सदस्यले संयुक्त प्रेस वक्तब्य निकालेका छन् । उनीहरुले कमल थापालाई समर्थन गर्दै विज्ञप्ति निकालेका हुन् ।
उनीहरुले जारी गरेको विज्ञप्तिमा पार्टीका शीर्ष नेताहरुबीच फागुन ४ गते भएको सहमतिअनुसार आफूहरुको थापालाई समर्थन रहने उल्लेख गरिएको छ ।
उनीहरुले सहमति कार्यान्वयन गरी महाधिवेशनलाई एकता र सहमतिको रुपमा सम्पन्न गर्न पनि सबै प्रतिनिधिलाई आग्रह गरेका छन् ।
पदाधिकारीको विज्ञप्तिसँगै अध्यक्षमा लड्न लागेको लोहनी समस्यामा परेको बुझिएको छ ।

1111

222