लन्डन । लामो समयदेखि लण्डनमा बस्दै आएका बालकृष्ण दाहालले शनिबार हुने एनआरएन युकेको नयाँ कार्यसमितिमा राज्यसमिति सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौं गोठाटारका दाहाल लामो समयदेखि लन्डन बस्दै आएका छन् ।
समाजमा केही गरौ भन्ने भावना भयका काठमाडौं गोठाटारका दाहाल आफ्नो पेशा लगायत सामाजीक सेवा समेत गर्दै लण्डनको रीडीङ शहरमा बस्दै आएका छन् । समाजसेवी समेत रहेका दाहालले आफनो सदस्य उम्मेदवारीले थप जिम्मेवारी वोध गरेको बताएका छन् ।
रिडिङ युकेको नेपाली समाजमा सन् २००१ देखी सन् २०१२ सम्म सदस्य भै काम गरेका र नेपाललाई आवस्यक पर्दा सहयोग गर्न सन् २००९ देखी हालसम्म पेन्नी फर नेपालका संस्थापक सदस्य रहेका दाहालसंग समाजसेवामा लगनशीलता रहेको छ।
एनआरएनए गैर राजनीतिक हुनुपर्ने भनाई भएका दाहाल आफु राजनीतिज्ञ भएकोले मुलधारको समाजसेवी संस्था एनआरएनमा रहेर सेवा गर्न एनआरएन रोजेको बताए।






