सयपत्री नेपाली सेवा समाज युकेले वेलफेयर सोसाइटीको संयोजनमा मोरङमा बाढ्यो ४० परिवारलाई राहत

लण्डन । बेलायतमा बसोबास गर्ने नेपालीहरुको प्रिय सस्था सयपत्री नेपाली सेवा समाज युकेले आज असार २१ गते कोभीड-१९ बाट पिडित मोरङ सुन्दरहरैचा-६ का ४० घर बिपन्न परिवारलाई एक महिना पुग्ने खाद्यान्न राहत उपलब्ध गराएको छ । नेपाली वेलफेयर सोसाइटी युकेको संयोजनमा प्रतिघर ३० किलो चामल, पाँच किलो दाल, दुई लिटर तेल, दुई पोका नुन, र दुई थान साबुन बितरण गरिएको सयपत्री नेपाली सेवा समाजका अध्यक्ष दिलिप मोहराले बताएका छन।

एनआरएनए युकेका सचिब जित रानाभाटद्वारा जुम मार्फत संचालित गरिएको उक्त राहत बितरण कार्यक्रमका प्रमुख अतिथि मोरङ-६ बाट निर्बाचित प्रतिनिधि सभाका साम्सद तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पुर्व मन्त्री लालबाबु पण्डितले कोरोनाको संकट बिरुद्ध तीन तहको सरकारले संयमतापुर्बक काम गरिरहेको र नागरिक हरुको उच्च सतर्कता एवं अभुतपुर्ब एकता आवश्यक रहेको बताए । उनले नेपाली समाजमा कोरोनाले पैदा गरेको आर्थिक , सामाजिक र मनोबैज्ञानिक संकटको बर्तमान अवस्थामा बेलायतमा रहेर पनि बिपन्न समुदायलाई सम्झीएर राहत उपलब्ध गराएकोमा सयपत्री समाजलाई धन्यवाद ब्यक्त गरेका थिए ।

कार्यक्रमका बिशिस्ट अतिथि कन्जरभेटिभ पार्टी बेलायतका प्रतिनिधि कृश पिगोटले कोभीडको संकटविरुद्ध सिङ्गो बिश्व एकजुट हुनु पर्ने बताए । स्थानिय रुपमा उपमेयर धनमाया तामाङ, वडा अध्यक्ष जीवन कुमार राई, केदार प्रसाद गुरागाइ, वडा सदस्यहरु टुना कुमारी लकान्द्री(प्रमिला), रम्बिका माझी ,कृष्ण प्रसाद चापागाईं, डम्बर थापा मगर लगायतले राहत बितरणको सहजीकरण गरेका थिए ।

राहत बितरणको संयोजन गर्ने नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष तथा कार्यक्रमका बिशिस्ट अतिथी धनबहादुर सार्कीले कोरोनाको रोगबाट भन्दा पनि बाध्यतमक लकडाउनका कारण खाद्यान्न अभावले भोक बाट कोहि पनि नमरुन भन्ने पबित्र उद्देश्यबाट प्रेरित भइ स्थानिय सरकार सग सहकार्य गरि आज सम्म नेपालको १३ जिल्लाका ४८२ बिपन्न घर परिवारलाई एक महिना पुग्ने राहत उपलब्ध गराइएको बताए ।

उक्त कार्यक्रममा नेपाल सरकारको दलित बिकास समितिको कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, बेलायतबाट गोर्खा नेप्लिज कम्युनिटीका अध्यक्ष डाेल मल्ल, चितवन परिवार युकेकी महासचिव निशा शर्मा, सयपत्री नेपाली सेवा समाजका सल्लाहकार उत्तर बर्देवा, सल्लाहकार राजेन्द्र सेवा, उपाध्यक्ष चेत बर्देवा,महासचिव धनबहादुर परियार, सचिव रबिन परियार, कोषाध्य्क्ष पर्त दर्जी, किसान परियार, योगेश घले, किरण परियार, कुमार दर्जी कार्यसमितिका अरु सदस्यहरु लगायतले जुम मार्फत सम्बोधन गरेका थिए भने कार्यक्रमलाई फेसबुक मार्फत लाइभ प्रसारण पनि गरिएको थियो।

राहत बितरण कार्यक्रमका प्रमुख अथिती माननीय साम्सद तथा पुर्ब मन्त्री लालबाबू पन्डित समयमै उपस्थित भै कार्यक्रमको अन्त्य सम्म सबैको मन्तव्य सुन्दै र राहात बितरणलाई अबलोकन गर्नु भएको थियो। कार्यक्रमको शिलशिलामा बस्तुगत बिषय नभएपनि दोहोरो नागरिकता को कुरा उठेको हुदा उहाले नेपाल बाट हामि जुनसुकै देशमा गएर बसोबास गरे पनि नेपाली नै रहने र बिदेशी हाम्रो देशमा आएर बसे पनि नागरिकता नलिए सम्म बिदेशी नै रहने कुरा लाई प्रष्ट पार्नु भएको थियो।


कार्यक्रम को अन्त्यमा सयपत्री नेपाली सेवा समाज युकेका अध्यक्ष दिलिप मोहरा ज्युले प्रमुख अथिती, सम्पुर्ण उपस्थित नगरपालिका र वडाका अथितीहरु लगायत आजको राहत कार्यक्रममा जुम मार्फत सहभागी सम्पुर्ण ब्यक्तित्वहरुलाइ एक मुस्ठ रुपमा बिशेष धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो।