लन्डन । एनआरएन निवर्तमान अध्यक्ष शेष घलेले लाप्राक नमुना बस्तीका घरको संरचना डिजाइन नबदल्न आग्रह गरेका छन् । । लाप्राक नमुना बस्तीको निरीक्षण गर्दै संरचना नबदल्न आग्रह गरेका हुन । घलेले लाप्राक नमुना बस्ती पुगेर बस्तीको निर्माण कार्यका जानकारी लिएको र सो क्रममा संरचना बदल्न खोजीको पाइएको भन्दै त्यो कार्य गलत भएको बताए । ।
घर निर्माण र कठिनाईका बारेमा आफूले जानकारी लिएको बताउँदै ईटा बनाउने कार्यमा फिल्डमा सहभागि विल्डअफ नेपालका परामर्शदाता हटाइएको पाइएको, माथिल्लो तल्लामा राखिएको बाँस हटाएर ईटा लगाउन लागिएको र धेरै संरचनागत परिवर्तन गर्न लागिएको भन्दै आपत्तिसमेत जनाएका छन् ।
निवर्तमान अध्यक्ष घेलले घलेले भनेका छन् संरचना डिजाइन गर्दा आफुले भारवहन क्षमता, सरकारी मापदण्ड, निर्माण लागत लगायत धेरै कुरालाई ध्यान दिइएको उल्लेख गर्दै के कारणले आधा घर बनेपछि संरचना बदल्न खोजीएको हो ? उनका अनुसार
घरको माथिल्लो तलामा धेरै तौल भएका ईटा राख्दा घरले भार थाम्न सक्दैन । सबै संरचना पुनः निर्माण प्राधिकरण र भवन निर्माण विभागबाट पास भईसकेको अवस्थामा फेरि संरचना बदल्दा स्वीकृतीका लागि महिनौ लाग्ने र खर्च पनि बढ्नेतर्फ ध्यान दिन उनको आग्रह छ ।
घलेले भनेका छन् हामीले पटक पटक मनलाग्दी संरचना बदल्न मिल्दैन, एउटा सानो संरचना बदल्दा त्यसलाई सरकारबाट अनुमोदन गर्न महिनौ लाग्छ । त्यसरी महिनौ दुखः गरेर स्वीकृत डिजाईन किन अहिले परिवर्तन गर्नुपरेको हो ? यसले लागत बढाउछ । चन्दादाताहरुको सही सदुप्रयोग होस भनेर तपाईहरुले ध्यान दिनुपरयो । यो परियोजनाको आफू सबैभन्दा ठूलो दाता पनि भएको हुँदा लाप्राक निर्माणको गति र तरिका सही छ कि छैन भन्ने चिन्ता लागेर आफू निरीक्षणका लागि त्यसतर्फ गएको बताए ।






