काठमाडौं– नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदै छ । अपराह्न तीन बजे पशुपति आर्यघाटमा खड्काको अन्तिम संस्कार गर्ने कार्यक्रम कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
मिर्गौला, फोक्सो र नसा सम्बन्धी समस्याबाट पीडित खड्काको उपचारको क्रममा शुक्रबार नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीर शनिबार काठमाडौं ल्याइएको हो ।
खड्काको पार्थिव शरीरलाई आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा लगिने कांग्रेस प्रवक्ता शर्माले जानकारी दिए ।
६८ वर्षको उमेरमा खड्काको शुक्रबार निधन भएको हो ।






