ऋणमा डूबेको भारतीय विमान किङ्गफिसर एयरलाइन्सको केन्द्रीय कार्यालय भारतीय बैंकले कब्जा गरेको छ । स्टेट बैंक अफ इन्डियाले किङ्गफिसर एयरलाइन्सको मुम्बईस्थित कार्यालय कब्जा गरेको हो । किंगफिसरले लामो समयदेखि ऋण नतिरेकोले कब्जा गरेको बैंकले जनाएको छ । बैंकमा किंगफिशरको करिब ७ हजार ४ सय करोड रुपैयाँ ऋण छ । यसबारे किंगफिसरविरुद्ध अदालतमा मुद्दा समेत चल्दै आएको छ ।
किङ्गफिसर बैंकको कब्जामा






