आइपिएल खेल्न सन्दीप लामिछाने दिल्ली प्रस्थान

 

काठमाडौं- सर्वाधिक लोकप्रिय क्रिकेटर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न मंगलबार दिल्ली गएका छन् । विश्वकै चर्चामा रहेको आइपिएलमा दिल्ली डेयर डेभिल्सबाट खेल्नको लागि सन्दीप त्यसतर्फ प्रस्थान गरेका हुन् ।

दिल्ली प्रस्थान गर्नुअघि सन्दीपले आफ्नो जीवनको ठूलो सपना भनेकै नेपाली राष्ट्रिय टिमबाट खेल्नु भएको बताएका छन् । यसै कारण आइपिएलमा आफूमाथि कुनै दबाब नरहेको उनको भनाइ छ ।

उनले आइपिएलमा दबाबमुक्त भएर प्रदर्शन गर्ने र टिममा आफू रहनु वा नरहनु ठूलो कुरा नभएको बताए । उनले दिल्लीमा पनि आफ्नो प्रर्दशन उत्कृष्ट रहने बताउँदै त्यसको लागि आफुले सक्दो प्रयास गर्ने बताए ।