काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ ।
बैंकको बोर्ड बैठक बसिरहेका बेला प्रहरीको टोली छापा मारेर कम्तिमा १३ जनालाई पक्राउ गरेको छ । बैंक मर्ज हुँदा करिब २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा सीआइबीले अनुसन्धान थालेको हो ।
पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।






