अन्जुको जुनि जुनिको साथी लण्डनमा

11881469_10153613720467074_314777607_o[1]सुमधुर श्वर र आकर्षक सौन्दर्यले धनी अन्जु पन्तलाई स्क्रिनमा हेर्ने उनका बहुसंख्यक फ्यानहरुको रहर पूरा भएको छ। उनले गाएक र मोडलिङ्ग गरेको गीतकार नृपेश उप्रेतीको नया गीतमा “जुनि जुनि” गीतको म्युजिक भिडियो टिभी रेडियो एफएम र युटुब मार्फत सार्वजनिक भएको छ। त्यसो त साङ्गितिक क्षेत्रमा उनको आवाजको जादु चल्ने बित्तिकै उनलाई सिनेमाको अफरहरु नआएको हैन। तर आफ्ना गीतहरुको भिडियोमा पनि कमै देखिने अन्जुले सबै प्रस्तावहरुलाई अस्विकार गरेर बसेकी थियिन। तर अहिले आएर उनलाई आफैले गाएको यो गीत यति मन पर्योकी भिडियोमा आफैले मोड्लिङ्ग गरिन।

“मैले गाउने गीतहरु भन्दा अलि फरक शैलिको छ यो गीत” उनी भन्छि “अलि फास्ट बिटको, पार्टीहरुमा पनि चल्ने र मेरो लागि अलि नयापन भएकोले पनि आफैले मोडलिङ्ग गरेकी हु” अहिलेका सार्वधिक सफल संगीतकार अर्जुन पोखरेलको संगीतको जुनि जुनि बोलको यस गीतको छायांकन लण्डनमा गरिएको हो।

लण्डनका व्यावसायिक संचारकर्मी कुशल श्रेष्ठको निर्देशन रहेको यो म्युजिक भिडियो लण्डनको चर्चित लोकेशनहरु ग्रीनविक, वेस्टमिनिस्टर, लण्डन आइ, टावर ब्रीज थेम्स नदिको वरपर खिचिएको छ। जसमा अन्जुले मोडल बिदुर अधिकारी र साराको साथमा नाच्ने गाउने गरेकी छन। अन्जली केसिको डिजाइनर ड्रेसहरुमा लण्डनको थेम्स नदि वरपर अन्जुलाई निर्देशक कुशल श्रेष्ठले नचाएका हुन। अन्जुको साजसज्जाको लागि लण्डनको प्रोफेसनल मेकअप आर्टिस्ट श्रदा मास्केलाई हायर गरिएको भिडियो निर्मात्री सोबिता उप्रेती बताउछिन।

गीतकार उप्रेतीको छिटै नै सार्वजनिक हुने एल्बम “आहान अर्को खुशी”मा अन्जु पन्तको यो गीत रहने बताइएको छ। उनलो यस अघि सार्वजनिक भएको खुशी एल्बमको प्रमोद खरेल र शिव परियारले आवाजको “आफ्नै जिन्दगी आफैलाई भारी भारी भाको छ ” गजलले निकै चर्चा कमाउनुको साथै एवार्डहरु पनि जितिसकेको छ।